शुक्रबार, वैशाख १४, २०८१

कोरोना उपचार गर्न लगिएको कैदी फरार

मेरोन्यूज २०७९ साउन २६ गते १४:२०

काठमाडौँ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उपचार गर्न भर्ना भएका कैदी फरार भएका छन् । बुधबार राति विराटनगर महानगर १८ का ४५ वर्षीय लक्ष्मण दास फरार भएका हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने भन्दै राति १० बजे फरार भएको अस्पतालले जनाएको छ । लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएपछि उनलाई कारागारमा राखिएको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया