शुक्रबार, वैशाख ७, २०८१

सिन्धु बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला

मेरोन्यूज २०७९ साउन २६ गते १०:४२

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ ।

कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो ।

बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।

उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रकिया अघि बढाइने सो बैंकले जनाएको छ ।

प्रतिक्रिया