शुक्रबार, वैशाख १४, २०८१

मह जोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

मेरोन्यूज २०७९ साउन २२ गते २१:०९

काठमाडौँ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ ।

दुई औपचारिक पोष्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ ।

एक पोष्टरमा हरिवंश र गौरी मल्ल बेहुला बेहुली लुक्समा देखिएका छन् । अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।

फिल्ममा मह जोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया