शुक्रबार, वैशाख १४, २०८१

शुक्रबारको अतिरिक्त समयमा पनि सुनुवाइ

मेरोन्यूज २०७९ साउन २० गते २१:३३

काठमाडौँ । सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पूरा समय सेवा प्रवाह गर्न प्रारम्भ गरेको छ ।

आज २ः३० बजेदेखि ५ बजेसम्म मुद्दामा तोकिएको पेसीमा ६७ वटा मुद्दामा सुनुवाइ भएको र यसरी नियमतिरुपमा शुक्रबार थप समय काम गर्दा योजनाअनुरुप मुद्दामा फछ्र्योट दु्रतगतिमा हुने सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

अदातलमा आज बिहान नै पेसी तोक्दा पुरक समयमा लागि छुट्टै पेसी तोकएिको थियो । अदालतमा अबदेखि न्यायाधीश र कर्मचारी सबैले शुक्रबार पूरा समय काम गर्ने भएका हुन् । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्णबैठक (फूलकोर्ट) ले आजदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछर्योट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चारहजार ८१९ थान छ । त्यस्तै, दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेका छन् ।

प्रतिक्रिया