शुक्रबार, चैत १६, २०८०

दक्षिणपन्थी कम्युनिस्ट र नयाँ मुद्दासहितको वामपन्थ

मणि थापा २०७९ साउन १८ गते १०:१०

वामपन्थ के हो भन्ने हामी सबैलाई थाहा छ। नेपालको इतिहासमा वामपन्थ मात्रै हुँदैन, त्यो र्‍याडिकल वामपन्थ पनि हुन्छ। वामपन्थका तीनवटा अर्थ छन् – एउटा मध्यमार्गीखालको, एउटा दक्षिणपन्थी र एउटा र्‍याडिकल वामपन्थ। म आज एमालेकै स्थायी समितिको सदस्य भएर पनि बोल्नुपर्ने र्‍याडिकल वामपन्थको कुरा हो। हामीले यो बोल्न सकेका छैनौं।

हामी एमालेमा छौं, एमालेमा बोल्न सकेका छैनौं। हिजो माओवादीमा थियौं, माओवादीमा बोल्न सकेका छैनौं। र, आजको मितिसम्म पनि हामी यहाँ बोल्न सकेका छैनौं। यसरी वामपन्थ हुँदैन। यो बहसले मात्रै वामपन्थ हुँदैन। नेपालको र्‍याडिकल वामपन्थ कसरी अगाडि बढेको छ र र्‍याडिकल वामपन्थले कसमेकम केही परिणाम कसरी दिएको छ भन्ने कुरा पनि हामीले नेपालको हिस्ट्रीमा बुझ्न जरुरी छ।

कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्टहरु हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो। यो दक्षिणपन्थी कम्युनिस्टले कसलाई सम्वोधन गरेको छ त भन्दाखेरि अहिलेको यो जुन प्रतिस्पर्धात्मक बहुदलीय सिस्टम छ, संसदीय व्यवस्थासँग यसले आत्मसमर्पण गरेको छ। योसँग टोटल्ली यसले टाईअप गरेको छ। यहाँबाट यो अगाडि बढ्न सक्दैन। यहाँबाट हामीले अगाडि बढ्न सकेनौं भने यो बहसको कुनै अर्थ छैन।

अहिले कुनै पनि पार्टी फरक छैनन्। त्यसकारण र्‍याडिकल वामपन्थको खोजी हामी गर्न सक्छौं कि सक्दैनौंरु यो खोजी छलफलले मात्रै हुँदैन। घनश्याम भुसालले एमालेभित्र र्‍याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? म यसमा सहयोग गर्छु। राम कार्कीले माओवादीभित्र नयाँ दस्तावेज निकाल्न सक्नुहुन्छ कि सक्नुहुन्न ? अहिलेका यी पार्टी कुनै काम लाग्दैनन्।

मैले घनश्यामजीलाई भनेको थिएँ, तपाई अध्यक्ष वा महासचिव भएर पार्टी खोल्न तयार हुनुहुन्छ ? अहिले माओवादी पनि दक्षिणपन्थी भयो, एमाले पनि दक्षिणपन्थी भयो। अर्को र्‍याडिकल वामपन्थको आवश्यकता छ। त्यो र्‍याडिकल वामपन्थ छैन। त्यो र्‍याडिकल वामपन्थ बन्न हामी सक्छौं कि सक्दैनौं ?

Advertisement

अहिले हामी जुन परम्परागत एजेण्डामा काम गरिराखेका छौं, जो सिस्टममा हामीले काम गरिराखेका छौं, जनयुद्ध र जनआन्दोलनको कुरा यो सिस्टम थिएन। यहाँ जबर्जस्त हामीलाई ल्याएर ल्याप्चे लगाइएको हो। त्यो ल्याप्चेको विरुद्ध हामीले संघर्ष गर्न सकेनौं। विद्रोह गर्न सकेनौं। गरेकाहरुले फेरि सम्झौता गर्यौं।

नेपाली सोसाइटी मिलनसार छ भनेर व्याख्या गरियो। तर, त्यस्तो नेपाली सोसाईटी कहाँ छरु पृथ्वीनारायण शाहले नेपालको एकीकरण कसरी गरेका हुन्रु वामपन्थीहरुले शान्तिपूर्ण तरिकाले नेपालको परिवर्तन भएको छ भनिराखेका छन्, शान्तिपूर्ण होइन। यो कुरा स्थापित हुनुपर्यो। हतियारबन्द आन्दोलन मुख्य हो। कांग्रेसले पनि हतियारबन्द आन्दोलन गरेको हो। एमालेले पनि गरेको हो। माओवादीले पनि गरेको हो। अरुले पनि गरेका हुन्।

अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ हो। अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बाले जे भने पनि त्यो त भन्नुपर्यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ फेरि।

तर, हामीले पार्टीभित्र छुट्टै दस्ताबेज र छुट्टै मूल्यसहित आजको वामपन्थलाई उठाएर नयाँ मुद्दा के हो भन्ने कुरामा डिबेट गर्न सक्छौं कि सक्दैनौंरु हामीले प्रत्येक पार्टीभित्र नयाँ मुभमेन्ट गरेर त्यो पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन सकिन्छ कि सकिन्नरु यो अहिलेको आवश्यकता हो।

मैले देखेको, यो लेबलको छलफल हाम्रो भएको छैन। यो लेबलको हिम्मत हामी सबै एकफेर मन्त्री भइसकेका, स्थायी समितिको सदस्य भइसकेका, सचिव भइसकेका नेताहरुमा पनि भइराखेको छैन। यो आवश्यकता हो।

(थापा नेकपा एमालेका स्थायी समिति सदस्य हुन् । उनले काभ्रेको पनौतिमा आयोजित एक कार्यक्रममा ब्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया