बुधबार, जेठ २, २०८१

दुबई लगेर अलपत्र पार्ने धादिङका युवक पक्राउ

मेरोन्यूज २०७९ साउन १७ गते १८:३२

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगर ७ चाबाहिल बस्ने धादिङ धुनीबेँसी गाउँपालिका ९ खानीखोला घर भएका २७ वर्षीय विकास थापा रहेका छन् ।

Advertisement

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाइदिन्छु भन्दै पीडितसँग चार लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलार्य दुबई पठाएर अलपत्र पारेका थिए ।

उक्त जाहेरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रतिक्रिया