बिहीबार, वैशाख १३, २०८१

वासिङ मेसिनमा मृत बालक फेला परेपछि…

मेरोन्यूज २०७९ साउन १६ गते ११:२५

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् । बिहिबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजे हराएका थिए ।

उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।

ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् ।

प्रतिक्रिया