बुधबार, जेठ २, २०८१

साउदी पुगेर वर्षदिनमै ३४ नेपालीले गरे आत्महत्या, २०६ जना मृत्यु

मेरोन्यूज २०७९ साउन १५ गते १५:२९

काठमाडौँ । वैदेशिक रोजगारीमा साउदी अरब गएकामध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८–७९ मा मृत्यु भएको छ । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

Advertisement

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ । ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृत्यु भएकामध्ये ११२ जनाको प्राकृतिक कारण (हृदयघाटसमेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन् ।

यस्तै, ३१ जनाको सडक दुर्घटना, १४ जनाको कार्य क्षेत्रमा दुर्घटना र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । एक जना नेपालीको भने हत्या भएको थियो ।

प्रतिक्रिया