शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभामा नागरिकता विधेयक टेबुल

मेरोन्यूज २०७९ साउन ९ गते १२:०७

काठमाडौँ । प्रतिनिधीसभाबाट पातिर भएको नागरिकता विधेयक राष्ट्रिय सभाको सोमबारको बैठकमा टेबुल भएको छ । कतिपयले प्रतिनिधीसभाले पातिर गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रिय सभाले फेरि प्रतिनिधीसभामै फिर्ता पठाउनु पर्ने गरी लविङ गरिरहेका छन् ।

आज बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् ।

त्यस्तै उनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराए ।

बैठकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया