बुधबार, वैशाख १२, २०८१

एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला

मेरोन्यूज २०७९ साउन ८ गते ११:१९

दमक । झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कचनकवल गाउँपालिका ५ मा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

उनीहरुको शव आज बिहान फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिएका छन् ।
स्थानीय जिङ खोला किनारमा ढल्केको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको हो ।

प्रहरी र सम्बन्धित वडाका जनप्रतिनिधिसहितको टोली अहिले घटनास्थल पुगेको छ ।

प्रतिक्रिया