आइतबार, जेठ ६, २०८१

देशभर ३३५ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ साउन ७ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल दुई हजार ९९६ नमुना परीक्षण हुँदा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८६ जना निको भएर घर फर्किएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया