आइतबार, जेठ ६, २०८१

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

मेरोन्यूज २०७९ साउन ६ गते ७:०९

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई संक्रमण भएको पुष्टि ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले गरेकी हुन् ।

Advertisement

कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको जनाएको छ । उनले एन्टीभाइरल औषधी लिइरहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जिन पियरेले भनिन् ।

राष्ट्रपति बाइडेन कोरोना निको नहुँदासम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोजसमेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।

प्रतिक्रिया