आइतबार, जेठ ६, २०८१

सिंहलाई साथ सहयोग प्राप्त हुने, तपाईंको दिन कस्तो ?

मेरोन्यूज २०७९ साउन ६ गते ६:२२

आज ६ साउन २०७९, शुक्रबार । तद्नुसार जुलाई २२ । श्रावण कृष्णपक्ष नवमी, गर करण, भरणी नक्षत्र, शुल योग, चन्द्रमा मेष राशीमा छ । आज बिहान सूर्योदय ०५ः२१ मिनेटमा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । शुक्रबार विदेश यात्रा र नयाँ कामका लागि राम्रो मानिन्छ । आजका देवता नाग र ग्रहदेव वृहस्पति हुन् ।

Advertisement

मेष

रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ काम सुरु गर्दा सफलता प्राप्त हुनेछ । आज शुभ भएकाले नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

वृष

व्यापार व्यवसायमा अर्थलाभ हुन सक्छ । आज व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउन सक्छ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि द्रुवाच्य नबोल्नु र मौन रहनु वेश हुनेछ ।

मिथुन

आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्ने छन् । मनमा पनि निराशा उत्पन्न हुन सक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नु भयो भने मनमा हर्ष छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला ।

कर्कट

आर्थिक र सामाजिक समस्याले मनमा अनेक खालका समस्या आउन सक्छ । आज कसैसँग विवाद र झगडा नगर्नु होला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुन सक्छ । मनमा अनेक कुरा खेल्ने छन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन शुरुवात गर्दा सफल हुनेछ ।

सिंह

परिवार र मित्र मण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नु होला । परिवारका सदस्यले अनावश्यक आरोपसमेत लगाउन सक्ने छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या

आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । मित्र मण्डलीले दोष लगाउन सक्ने छन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्ने छ । आज आम्दानीको धन राशिबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला

आज सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नु भएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लागिरहनु होला । कुनै कामबीचमा छोड्नु भएको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ । तर, काममा निरन्तता दिनुहोला ।

वृश्चिक

वृश्चिक राशिका जातकका लागि आज कार्य योजनाअनुसार काम गर्नु भयो भने सफलता मिल्ने छ । अध्यात्मिक सेवामा केही समय दिए कार्यमा सफलता मिल्ने छ । सामाजिक सेवामा मन जानेछ । घर परिवारमा सदस्यबीच सम्बन्ध राम्रो हुनेछ । कसैसँग काम विशेषबाहेक अन्य कुरा गर्दा होस गर्नुहोला ।

धनु

धनु राशि भएका जातकका लागि दिन बलियो छ । आज सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नु हुनेछ । यात्रामा सफलता मिल्ने छ । यात्रा गर्दा अर्थ हानी र सोचअनुसार काम नहुँदा निराश हुनु पर्ने छ । योजना मुताविक काम हुँदैन ।

मकर

विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनुहोला ।

कुम्भ

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । घर बाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने तपाईको मनमा उत्साह भरिने छ ।

मीन

आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नुहोला । आजको दिन अर्थलाभ हुनेछ । सिर्जनात्मक कामको शुरुवात गर्नुहोला । आफ्नो काममा मात्र ध्यान दिनुहोला ।

प्रतिक्रिया