आइतबार, जेठ ६, २०८१

देशभर थप ४३५ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ साउन ५ गते १७:४०

काठमाडौँ । पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य संक्रमित रहेका छन् ।

हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ ।

प्रतिक्रिया