आइतबार, जेठ ६, २०८१

कोरियामा एकै दिन ७१ हजारमा कोरोना पुष्टि

मेरोन्यूज २०७९ साउन ५ गते १५:४३

काठमाडौँ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ७१ हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसँगै देशमा कोरोना संक्रमितको संख्या एक करोड ९० लाख ९ हजार ९८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चार सय दुई संक्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका संक्रमितको संख्या एक सय तीन पुगेको छ ।

संक्रमणबाट मंगलबार १७ जनाको मृत्यु भएको छ । हालसम्म चौबिस हजार ७९४ जनाले महामारीबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया