बिहीबार, चैत १५, २०८०

क्यानका अध्यक्ष भन्छन् : सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा शंका गर्नैपदैन

मेरोन्यूज २०७९ साउन २ गते ९:५६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिवन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । अब क्यानलाई निर्वाधरुपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसीले २०१४ मा निलम्वन गरेको थियो । तर प्रतियोगिता खेल्नका लागि भने खेलाडीलाई आईसीसीले बाटो खुलाएको थियो । यद्यपी क्यानको आर्थिक पाटोमा भने आंशिक प्रतिवन्ध कायम नै राखेको थियो । तर पछिल्लो जुन महिनामा आईसीसीले नेपालको क्यानलाई आर्थिक आंशिक प्रतिवन्ध फुकुवा गरेसँगै गुरु योजनाको रुपमा रहेको नेपाल टि २० लिग हुने पक्का भएको छ । साधारण सभाबाट पारित भइसकेको नेपाल टी–२० लिग एकमात्र लिग भएको घोषणा गर्दै क्यानले केही संस्करण सम्पन्न भइसकेका फ्रेन्चाईज लिगलाई भने अंकुस लगाएको छ र क्षेत्रीय स्तरका प्रतियोगिता गर्न फ्रेन्चाईज लिग आयोजकलाई बाटो देखाएको छ । जुन कदमले फ्रेन्चाइज लिग आयोजक क्यानसँग रुष्ट छन् । फ्रेन्चाईज लिगको आयोजक अदालतसम्म पुगेको छ । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिग आयोजनाका हिसावले क्यान, खेलाडीदेखि सबै पक्ष नेपालको हितमा भएको बताउँछन् । नेपाली क्रिकेट विकास र खेलाडीको हीतमा भएको भन्दै चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता स्वच्छ भएको बताएका छन् । सै सेरोफेरोमा रहेर चन्दसग गरिएको कुराकानीको सम्पादित अंश :

भर्खरैमात्र आईसीसीले लगाउँदै आएको आंशिक आर्थिक प्रतिवन्ध फुकुवा गरेको छ, क्यानलाई निर्वाधरुपमा काम गर्ने बाटो पनि खुला भएको छ, अब क्यानको योजना कसरी अगाडि बढ्छ ?

आर्थिक पाटोमा लगाउँदै आएको आंसिक प्रतिवन्ध आईसीसीले पूर्ण रुपमा फुकुवा गरिसेकेको छ । क्यान प्रतिवन्ध हुँदापनि आईसीसीले नेपालमाथि अांसिक प्रतिवन्ध लगाइरहेको थियो । यससँगै आईसीसीले धेरै विषयमाथि नेपाली क्रिकेटलाई हेरिरहेको थियो । पछिल्लो समय हामीले आर्थिक विषयलाई नियमन ग¥यौं । कर चुक्ता ग¥यौं । विभिन्न विषयमा देखिएका बेरुजुहरु फस्र्यौट ग¥यौं । आर्थिक विषयका पाटामा नियमवद्ध भएर अगाडि बढ्यौं ।

यस पश्चात आईसीसीलाई कन्ट्रोल फण्डिङ गर्नुपर्दैन भनेर फुकुवा गरेको हो । निलम्वनबाट बाहिर आइसकेको छ । नेपाल भित्रको क्रिकेटका लागि क्यान स्वतन्त्र छ भनेर केलायो । साथै आर्थिक रुपमा कसरी फाइदा लिने भन्ने विषयमा पनि क्यानसक्षम भएको आईसीसी ठह¥यायो । आईसीसीले दिने सहयोगबाट मात्र नेपाल क्रिकेट धान्न सकिँदैन । त्यस कारण निलम्बन फुकुवा भएपनि कन्ट्रोल फण्डिङका बावजुद पनि हामीले निजी क्षेत्रसँग कुरा गरेका थियौं ।

आईसीसीको प्रतियोगिता लिग–२ नेपालमा पहिलोपटक आयोजना हुँदा निजी क्षेत्रबाट नेपाल क्रिकेटलाई सहयोग पुगेको थियो । क्यान निलम्वनमा हुँदा धेरै निजी घरानाहरु क्रिकेटसँग जोडिएका थिए । अहिले क्यानको निर्णयपछि उनीहरुलाई एकैपटक बाहिर निस्किन पनि गाह्रो भयो । के कारण हो, थाहा छैन । क्यान नेपाली क्रिकेटको सर्वोच्च संस्था हो । देशभित्र हुने कुनैपनि क्रिकेट गतिविधिलाई नियमन गर्ने अधिकार क्यानलाई हुन्छ । आधिकारिकताको हिसावमा पनि क्यानले नै निर्णय गर्ने हो । जुन यसअघि गर्दै आएकाले विश्वास नगरे जस्तो लाग्यो ।

Advertisement

निलम्वनको बेला आईसीसीले आयोजनाका लागि अनुमति दिएको छ । त्यसका कारण प्राइभेट लिगहरु आईसिसिले केही रकम लिएर सञ्चालनको अनुमति दिएको थियो । तर क्यानको आफ्नै लिग हुने भनेपछि भइरहेका लिगलाई क्षेत्रीय स्तरमा दिने निर्णय गरेका छौं । क्यानले आयोजन गर्न लागेको लिगलाई सबै हिसावले क्रिकेटको हितमा छ । वार्षिक ४ करोड दिने भनिएको लिगलाई कसैले टिका टिप्पणी गरिरहेका छन् । विगतमा क्यानले पाउँदै आएको २० हजार डलर भन्दा धेरै गुणा बढी छ । यसले नेपाली त्रिकेटको ‘भ्यालू क्रिएट’ भएको छ ।

गुरुयोजनाको रुपमा रहेको नेपाल टि–२० लिगको मिति पनि तोकिएको छ, केही गृहकार्य पनि भइसकेका छन्, सोमवार यसका मालिक घोषणा गर्नेपनि भन्नुभएको छ, वास्तवमा नेपाल टि–२० लिग कस्तो लिग हो, कस्तो खेलाडीले खेल्न पाउँछन् ? आयोजनाको सम्बन्धमा भारतीय एक कम्पनीसँगको सम्झौता कस्तो हो, जुन अहिले त्यो कम्पनीमाथी विभिन्न टिका टिप्पणी भइरहेका छन्, संसदमा पनि कुरा उठेको छ ?

नेपाल टि–२० लिग नेपाल क्रिकेट संघको एकमात्र आधिकारिक लिग हो । नेपाल क्रिकेटले आयोजना गर्ने आफ्नो प्रतियोगिता हो । नेपाली खेलाडीले खेल्ने एकमात्र आधिकारिक लिग हो । नेपाल क्रिकेट संघ भित्र, अहिलेको कार्यसमिति भित्र, प्रदेश कार्यसमिति भित्र, क्षेत्रभित्र सबै स्थानमा स्वयंसेवक हुनुहुन्छ । यही जनशक्तिबाट क्रिकेट संघ बिस्तारै ‘सेटअप’ हुँदैछ । कार्यालय पनि व्यवस्था हुँदैछ । जोडिएका कर्मचारी बिस्तारै अभ्यस्त हुँदैछन् ।

अहिले क्रिकेट संघमा भएको पदाधिकारीबाट रणनीतिक र आर्थिक हिसावमा सफल हुन नसक्ने अवस्था हुन्छ । त्यसैले यस्ता प्रतियोगिता आयोजनाका लागि केही संस्थाको सहयोग जरुरी हुन्छ । सोही कारण हामी त्यो संस्थासँग जोडिएका हौं । दुई पक्षीय वार्तापछि रणनीतिक साझेदारीका लागि कुनै संस्थासँग सम्झौता हुनेगर्छ । जुन संसारको चलन हो । दुई पक्षीय छलफलपछि के कति लिने, कति वर्षलाई गर्ने आपसमा समझदारीमा हुन्छ । भारतीय कप्पनी ‘सेभेन थ्री स्पोर्ट्स’ सँगको सम्झौता नेपाली क्रिकेटको हितका लागि भएको हो ।

नेपाली क्रिकेट तल पर्दैन । नेपाली खेलाडीको हितमा हुन्छ भने दुई वर्षअघि साधारण सभाबाट पास गराई सम्झौता गरेका हौं । साधारणसभा अघि नै हामीले ४२ करोडमा लिग गर्दैछौं भनेका थियौं । सबै पत्रपत्रिका पनि छापिएको थियो । अहिलेको मितिसम्म त्यो भन्दा माथिको रकम दिन्छौं भनेर नेपाल, भारत या विश्वका कुनैपनि आएको छैन । कसैले टेण्डर प्रक्रिया भएन भने टिप्पणी गरिरहनुभएको होला, त्यसो होइन । यो पुरानै साधारण सभाबाट पारित भएको विषय हो ।

प्रतियोगिता आयोजना गर्नु कुनै सामान्य भौतिक संरचना बनाउनु जस्तो होइन । हामीले एउटा अमूर्त वस्तुलाई उठाउन खोजिरहेका छौं । यस्ता विषयमा दुई पक्षीय सम्झौता हुनेगर्छ । विगतमा चौधरी गु्रपको वाईवाईले १५ वर्ष भन्दा बढी यु–१९ नेपाली क्रिकेटलाई सहयोग ग¥यो । त्यो सहयोग आपसी समझदारीमा भएको थियो । यस विषयमा पनि कतैबाट प्रश्न उठेन । अस्तिमात्र पनि वाईवाईले पाँच वर्षका लागि गरेको छ । त्यो पनि आपसी समझदारीमा वार्तामा बसेर भएको हो ।

क्रिकेटमा मात्र होइन अन्य खेलकुदमा पनि संस्था जोडिने आपसी समझदारीमा नै हो । वार्ताबाटै हो । त्यसैले नेपाल टी–२० क्रिकेट संघको आफ्नो लिग हो । सम्झौता भएको कम्पनीसँग हामीले ८ वर्षका लागि रणनीतिक र कर्मसियल पाटनरको रुपमा साथ लिएको छौं । यसले नेपाली क्रिकेटको ब्राण्डले माथि उठाउन सहयोग पु¥याउनेछ । त्यसपछि नेपाल क्रिकेट संघ सक्षम भएपछि आफैँले आयोजना गर्नेछ । विगतमा विश्वको चर्चित फ्रेन्चाईज लिग आईपिएल पनि शुरुवातमा आपसी साझेदारीमा भएको थियो । अहिले आईपिएल आफैँले गर्छ । हामीले तुलना गर्दा भारतको क्रिकेटसँग गर्छौं ।

विगतको भारतले चालेको कदम जस्तो हामीले चाल्न लागेका हौं । तर हाम्रो स्तर भारतसँग तुलना गर्न मिल्दैन । किनभने हामी एसोसियट राष्ट्रमा छौं । हाम्रो बजार साँघुरो छ । भारतको लगानी ठूलो छ । संसारका विभिन्न लिगमा भारतीयको लगानी छ । यसो भनिरहँदा भारतीय कम्पनीसँग भएको सम्झौतामा गलत होइन । हामीले जो विज्ञ हो उसैसँग समझदारी गर्ने हो । भारतीय हुन् या पाकिस्तानी वा अमेरिकन हुन् । हामीले उनीहरुबाट केही सिक्ने हो । हामीले उनीहरुको आगमनलाई सदुपयोग गर्ने हो । क्यानले आयोजना गर्ने नेपाल टी–२० लिग क्यानको आफ्नै लिग हो । रणनीतिक र कमर्सियलका लागि साथ लिएका हौं ।

प्रशारण, लिगको भ्यालूका हिसावले, खेलाडीले पाउने सेवा सुविधाको हिसावले यो लिग उत्कृष्ट लिग हुनेछ । यसले नेपालको लिगको स्तरलाई कायम राख्छ । यसो भनिरहँदा यसअघि भएका लिगमा स्तर थिएन भन्ने होइन । उनीहरुको पनि थियो । तर क्यानले आफ्नै लिग गरिरहँदा अन्य लिग फरक भुमिका दिन निर्णय भएको हो । गर्ने हुँदैन भन्ने होइन । यो लिग संसारको उत्कृष्ट लिग भन्दा धेरै तल पर्दैन भन्ने किसिमले अगाडि बढेका छौं ।

सहभागिताको हिसावमा एक टोलीमा १६ सदस्य हुने भनेर गभर्निङ काउन्सिलसँग समझदारी भएको छ । जसमा ११ जना नेपाली खेलाडी रहन्छन् । पाँच जना विदेशी खेलाडी हुन्छन् । आईसीसीको नियम अनुसार ४ खेलाडीले एउटा टोलीमा एकैपटक खेल्न पाउँछन् । ६ टीमबाट ६६ खेलाडीले खेल्न पाउने भए । ३० खेलाडी विदेशी हुनेछन् । सहभागी हुने खेलाडी विश्वका उत्कृष्ट खेलाडी हुनेछन् । लिगको उचाई लिनका लागि हामीले विश्वका उत्कृष्ट खेलाडीलाई अनुवन्ध गर्ने प्रयास गर्नेछौं । खेलाडीलाई आर्थिक हिसावमा पनि राम्रो हुनेछ ।

सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा टिका टिप्पणी कति सही कति गलत हुन त ?

हामीले सम्झौतापत्र पूरै सार्वजनिक गरिसेका छौं । मिडिया, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र क्यानका सबै सदस्यहरुलाई सार्वजनिक गरेका छौं । कुने पनि लुकेको विषय छैन । आर्थिक, आयोजना र अन्य सम्बन्धमा केही लुकेको छैन । विवाद हुँदा फैसलाका लागि दिल्लीको अदालत रोजेको छ । लेखिएपनि त्यो सबै कुरा होइन ।

मुख्य सम्झौतापछि केही साइड एग्रिमेन्ट पनि भएका छन् । त्यसमा सच्याइएको छ । वकिललाई राखेर, आईसिसिको अनुमति लिएर अगाडि बढेका छौं । कुनै दुविधा छैन । क्यानको अध्यक्षको हैसियतले भन्नुपर्दा नेपाल टी–२० लिगका लागि उक्त कम्पनीसँग सम्झौता भएको हो । मात्र ‘जेसिसि’ भन्ने छ । त्यो भनेको कम्पनीले त्यसमार्फत पैसा नेपालमा भित्र्याउने हो ।

लगानीकर्ताले नेपालमा जेसिसि च्याम्पियनसिप गर्ने होइन । ट्यालेन्ट हन्टमार्फत १००-२०० खेलाडीलाई भारतमा हुने कुनै आन्तरिक प्रतियोगितामा सहभागी गराउन पठाउने हो । जुन सम्झौताको अतिरिक्त कुरा हो । जेसिसि भारतमा भइरहेको हिसावले त्यो अभ्यास गर्न खोज्नुभएको हो । मुख्य लक्ष्य भनेको टी–२० लिग हो । यो मिलेन त्यो मिलेन भन्दा पनि सबै कुरा आयोजकको हातमा हुन्छ ।

पार्टनर र हामी हटाउन तयार छौं । र टी–२० लिग अब्बल लिग हुनुप¥यो र समयमा नै हुनुप¥यो । अब्बल लिग हुनुप¥यो । त्यसले खेलाडीहरु मर्नु भएन । लिग स्वच्छ, नाम चलेको लिगको परिकल्पना गरेका हौं । बाँकी तपशिलका कुरालाई धेरै उठाउनु जरुरी छैन । यहाँ यस्तो माहोल बनेको छ, देशै बेचिहाल्यो भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ । सम्झौता एउटा निजी संस्था र क्यानबीच प्रतियोगिता आयोजनाको सम्बन्धमा भएको हो । सर्वोच्च अदालतमा यस अघि फ्रेन्चाईज लिग गर्दै आएको एक संस्थाले मुद्दा हालेको छ ।

अदालले नेपाल क्रिकेटको हीतविपरित भयो भनेर फैसला गरे हामी स्वीकार गर्न तयार छौं । हामी सम्मानित अदालतले गरेको फैसलालाई अक्षरस पालना गर्छौं । यसमा धेरै बोल्ने भन्दा अदालतले गरेको निर्णय अनुसार चल्ने हो । यसमा भएका कमी कमजोरीलाई हटाउन सकिन्छ । दुई वर्षको अगाडिको सम्झौता पश्चात कम्पनी आएर नेपाली क्रिकेट कब्जा गरेको छ र ? धावा नै बलेको छ र ? छैन । हामी त कसरी हुन्छ राम्रो गर्ने लक्ष्य लिएका छन् । गभर्नीङ काउन्सिलमा आईपिएलमा अनुभव लिइसकेको व्यक्तिलाई नियुक्त गरेका छौं । उहाँको अनुभवले कमीकमोरी नहोस् भन्ने हेतुले लिएका हौं ।

अहिले पनि इण्डियन क्रिकेटर एसोसियनको अध्यक्षलाई राखेका छौं । उहाँको अनुभव राम्रो भएकाले राखेका हौं । अहिलेको अवस्थामा विभिन्न देशले अन्य देशका खेलाडीलाई राखेर प्रतियोगिता खेलाएका छन् । यसो भनिरहँदा ती देशको राष्ट्रियता गुमेको छ र ? तर हामीले त्यो त गरेका छैनौं । हामीले भारतमा बसेका नेपालीलाई जोड्न पायौं भने नेपाली क्रिकेट अझै माथि जानसक्छ भन्ने सोचेका छौं । अनुभवि जो कोही राखे विकास हुन्छ कि भनेर सम्झौता गरेका हौं । नेपालमा भारत, राष्ट्रियता भनेर जोडिनुलाई मैले अर्थपूर्ण तरिकाले हेर्दिन ।

नेपाली क्रिकेट विकासका लागि जो कसैको सहयोग लिने हो । अन्य देशको पनि लिने हो । नेपाली क्रिकेटलाई माथि लग्ने हो । लिगको बारेमा जुन नकारात्मक टिका टिप्पणी भइरहेका छन्, ती यथार्थ होइनन् । मात्र लिग राम्रो हुने की नहुने, नेपाली क्रिकेटको लागि हुने कि नहुने, खेलाडीको हीतमा हुने कि नहुने, क्यानको हीतमा हुने की नहुने भन्ने धारणासहित हेर्नुभयो भने यसमा कुनै आपत्ति छैन । नेगेटिभ तरिकाले भन्दा हेर्नुभन्दा पनि पोजेटिभ तरिकाले पनि हेर्न जरुरी छ । सम्झौताले क्यान सकिँदैन । विगत एक वर्षदेखि क्यानले आफ्नो कार्यक्रमलाई अगाडि बढाउन खोजिरहेको छ ।

संसदमा एक जना माननीयले विश्लेषण नगरी, आधिकारीक संस्थासँग नबुझिकन बोल्नु दुर्भाग्य हो । कुन किसिमले उहाँलाई मिस गाइड’ गरियो । खेलकुदप्रति, क्रिकेट पनि चासो राख्ने जनप्रनिधिलाई संसदमा बोल्न लगाइयो । त्यो अभिव्यक्तिपछि उहाँको छवि घटेको छ । मिडियामा मात्र होइन, क्यानभित्र रहेका साथीहरुले पनि संसदमा बोलेर उचाई गुमाउनु भयो । उहाँ व्यक्तिका लागि बोल्नुभयो । उहाँ जनप्रनिधि र पूर्वमन्त्री पनि हो ।

जनप्रनिधि भइसकेको उहाँले सत्य, तथ्यका लागि बोलाउन सम्बन्धिक स्टेक होल्डरसँग छलफल गर्न सक्नुहुन्थ्यो । उहाँको अधिकार पनि हो । तर उहाँले बोलाउनु भएन । कुनै व्यक्तिका लागि बोल्नुभयो । हामीलाई बोलाउन सक्नुपथ्र्यो । किनभने हामी परिवार छौं । ४३ जिल्लाबाट परिवा बनेका छौं । यथार्थमा यस्तो होइन । हामीले भेट्छौं, धेरै साथीहरुले भेटि सक्नुभएको छ । मलाई लाग्छ, उहाँले बुझिसक्नु भएको छ ।

क्यानले टी–२० लिग एक मात्र लिग भनि रहँदा यसअघि आयोजना हुँदै आएका लिगको अस्तित्व के रहन्छ, उनीहरुले पनि कठिन अवस्थामा नेपाली क्रिकेटलाई चलायमान गराएका थिए, उनीहरुले लिग गर्न पाउनुपर्छ भनिरहँदा, सम्बोधन कसरी गर्नुहुन्छ ?

हामीले उहाँहरुलाई क्षेत्रीय लिग आयोजना गर्नका लागि अनुमति दिन्छौं भनेर निर्णय गरेका छौं । किनभने पछिल्लो ८ वर्षको ३३ करोड रकम थोरै पनि होइन । नेपाली क्रिकेटका लागि धेरै नहोला तर थोरै होइन । अहिलेको क्रिकेट संघको हैसियत, बजार भ्यालू अनुसार त्यो रकम कम होइन । कुनैपनि लगानी कर्ता लगानी डुबाउन लगानी गर्दैन ।

सबैलाई मौका दिँदा नेपाली क्रिकेट अगाडि बढ्न सक्दैन । झनै भताभुङ्ग हुन्छ । उहाँहरुले गरेको योगदानको आधारमा क्षेत्रीय लिग गर्न क्यान र उहाँहरुसँग छलफल गरेर अगाडि बढाउन सकिन्छ । तीन मध्येको एभरेष्ट प्रिमियर लिगले मात्र भनेको छ ।

यस विषयमा एभरेष्टले सर्वोच्चमा मुद्दा दायर गरेको छ । अरुले होइन । अन्य दुई यसमा सकारात्मक छन् । सर्वोच्च अदालतमा दायर मद्दामा टी–२० लिग रोक्नुप¥यो र एभरेष्ट प्रिमियर लिग चार संस्करण भइसेकोले अब पनि गर्न पाउनुपर्छ भन्नेछ । सम्मानित अदालतले नेपाल भित्र हुने क्रिकेटको प्रतियोगिता संघलाई नगर भनेर कुनै संस्थालाई गर् भनेर फैसला गर्दैन होला ।

सहकार्य गर, समेटेर अगाडि बढ भन्ला, निकास निकाले अगाडि बढ भन्नसक्छ, तर नेपाल टी–२० लिग नगर्नू, कुनै कम्पनीलाई गर्नू भनेर सम्मानित अदालतबाट फैसला हुँदैन । र कसैले पनि गर्दैन । प्रथम दृष्टिमा पनि अमिल्दो हुन्छ । क्रिकेट संघले गर्ने गतिविधिलाई अदालतले समर्थन गर्छ । हामीले क्षेत्रीय लिगलाई अनुमति दिने भनेर निर्णय गरेका छौं । त्यसलाई हामीले पालना गर्छौं ।

प्रतिक्रिया