बुधबार, जेठ २, २०८१

प्रचण्ड र भारतीय मन्त्री जयशकंरबीच भेटवार्ता

मेरोन्यूज २०७९ असार ३२ गते १३:५१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रचण्ड र जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

Advertisement

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड तीन दिने भ्रमणका लागि भारत भ्रमण रहेका छन् । मन्त्री जयशंकरले भेटवार्तामा प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका थिए ।

जयशंकरले छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भर पर्दो साझेदार रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया