बिहीबार, जेठ ३, २०८१

प्रचण्ड भारतमा भेटघाटमा व्यस्त, आज यी व्यक्तिसँग भेट्दै

मेरोन्यूज २०७९ असार ३२ गते ६:४९

काठमाडौँ । भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

Advertisement

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए । भ्रमणको दोस्रो दिन आज उनी राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् ।

प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ ।

प्रचण्ड फाउण्डेसन फर पब्लिक अवेरनेस एण्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुने छन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यसपछि उनी भाजपाको मुख्यालय भ्रमणमा पुग्ने भएका छन् । त्यस क्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्ने छन् ।

प्रतिक्रिया