बुधबार, जेठ २, २०८१

वैदेशिक रोजगारीमा सुस्ताका १७ जनाको मृत्यु

मेरोन्यूज २०७९ असार ३१ गते १८:५७

काठमाडौँ । वैदेशिक रोजगारका क्रममा यो वर्ष विभिन्न मुलुकमा नवलपरासी (सुस्ता)का १७ जनाको मृत्यु भएको छ ।

Advertisement

वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका ६, मध्यविन्दु नगरपालिकाका ५, गैँडाकोट नगरपालिकाका ४ र देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका १÷१ जना रहेका छन् ।

हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइए पनि मृत्यु हुनेको संख्या अझै बढी हुन सक्छ । परिवारजनले स्वतःस्फुर्त रुपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको संख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताए ।

सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रितुराम सोतीले यस वर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताए । क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये सय जनालाई चार करोड ४४ लाख ४३ हजार क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिए ।

गत वर्ष मात्रै जिल्लाका ६ हजार ८२ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका थिए । अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उहाँको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नवलपुरका ४४ हजार ८७९ (६ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् ।

प्रतिक्रिया