शुक्रबार, वैशाख ७, २०८१

प्रचण्डलाई भेट्न खुमलटार पुगे लिउ

मेरोन्यूज २०७९ असार २७ गते १७:२५

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट वार्ता गर्न खुमलटार पुगेका हुन् । उनीसहित चिनियाँ टोलीसमेत प्रचण्ड निवास पुगेका छन् ।

यसअघि होटलमा भेट्ने कार्य तालिका रहे पनि सोमबार दिउँसो लिउ प्रचण्डलाई भेट्न निवासमै पुगेका हुन् । लिउसँग भेट्न प्रचण्डसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र पम्फा भुसाललगायतकाे उपस्थिति भएका छन् ।

नेपालमा संघ र प्रदेशको चुनाव नजिकिएसँगै उत्तरी छिमेकी मुलुक चीनको सीपीसीका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएका हुन् । उनी आइतबार नेपाल आइपुगेका हुन् ।

उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया