शुक्रबार, वैशाख १४, २०८१

सशस्त्र प्रहरीका आईजीपीद्वारा दर्ज्यानी चिन्ह प्रदान

मेरोन्यूज २०७९ असार २७ गते १६:३४

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच पदोन्नती भएका ५७ जना डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
गरेका छन् ।

यस अवसरमा आईजीपी अर्यालले पदोन्नती भएका डीएसपीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । उनले व्यवसायिक जीवनमा पदोन्नती वृत्ती विकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदमा तत्कालै बढुवा गर्ने बताए ।

आईजीपी अर्यालले पदोन्नतीसँगै प्राप्त भएको दर्जा अनुरुपको कार्य सम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन सबैलाई निर्देशन दिएका थिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिती थियो ।

प्रतिक्रिया