बिहीबार, वैशाख ६, २०८१

बजेटविरुद्ध छलफलमा नबस्ने सत्तारुढ दलकै चेतावनी

मेरोन्यूज २०७९ असार २७ गते १४:५९

धनगढी । सुदूरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफलअघि नबढाउने उनीहरूको चेतावनी छ ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रुपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रौकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् ।

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीसमेत बजेटको विरोध गर्दै आएका छन् । बजेटमाथि छलफल गर्ने गरी आज बिहान ८ बजेका लागि संसद बेलाइएको थियो । तर, सत्तारुढ दलहरूबीच असमझदारीले स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरि संसद बोलाइएको छ ।

प्रतिक्रिया