राजधानीको हिलाम्मे सडक (फोटोफिचर)
हिलाम्मे सडकले यसरी गिज्याँईरहेको छ - काठमाडौं महानगर र केन्द्रीय सरकारलाई
मेरोन्यूज
२०७९ असार २७ गते १०:३६
काठमाडौं । देशको राजधानी काठमाडौंका कतिपय सडकहरु बर्षा लागेसँगै हिलाम्मे बनेको छ । मुल सडकहरुमा पनि ढल भरिने, पानीको निकास नहुने गर्दा कतिपय क्षेत्रमा राजधानीबासीको दैनिकी नै कष्टकर वनिरहेको छ ।
झन् मुल सडकका भित्र कालोपत्र नगरिएका राजधानीका कच्ची सडकको अवस्था त झन् वताएरै साध्य नहुने अवस्थामा छ । संघीय राजधानी काठमाडौंको संसद भबन पछाडी पट्टी रहेको बानेश्वरको राष्ट्रिय पोशाक घरबाट भित्र छिर्ने गल्लीको समेत अवस्था दुरह नै छ । यस अतिरिक्त कतिपय ठाँउमा हिलम्मे वाटोका कारण मानिसहरुलाई आवतजावतमै समस्या देखिन थालेको गुनासो सर्वत्र सुन्न पाइन्छ ।
सडकमा खाल्टाखुल्टी नदेख्ने बनाउने र प्रविधी एम्बुलेन्स नै खडा गरेको बताउने काठमाडौं महानगरपालिकाले पनि अहिले सडकको यो दुरह अवस्थालाइृ देखे नदेखेझै वसिरहेको छ ।
हेर्नुहोस् तस्विरहरु








सम्बन्धित
प्रतिक्रिया