शुक्रबार, चैत १६, २०८०

चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान छन्, अहिले थर्कमान नहुनु, मुटुको धड्कन नबढाए हुन्छ

मेरोन्यूज २०७९ असार २७ गते १०:१८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।

धनगढी पुगेका अध्यक्ष नेपालले सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अहिले कुनै पार्टीसँग पनि एकीकृत समाजवादीले एकता नगर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष सहित तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यहरुको जमघट भएपछि कम्युनिष्ट पार्टी एकताको प्रायस भएको समाचार सार्वजनिक भएको थियो । त्यसमा पनि खासगरी माओवादी केन्द्रसाग चुनाव अगाडी नै सकभर एकता नभए एकता संयोजन समिति गठन हुने गरी अगाडी बढेको समाचार आएको थियो ।

त्यसपछि नेपालको चुनाव अगाडी कुनै पार्टीसँग पनि एकता नुहने भनी सार्वजनिक अभिब्यक्ति आएको हो । अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको नेपालले बताएका हुन् ।

नेपालले अगाडी भने, ‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन, पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

Advertisement

प्रतिक्रिया