ढिलो चाँडो माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्छन् : घनश्याम भुसाल
१० बुँदे सहमतिलाई लत्याउनु जीवनकै सबैभन्दा ठूलो गल्ती

काठमाडौं । नेकपा (एमाले)का स्थायी समिति सदस्य घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन् ।
माधपव नेपालले पाटीृ विभाजन गर्नु अगाडी एमालेमा चलेको तीव्र अन्तरसंर्घष समाधानको बाटो पहिल्याउन १० बुादे सहमति गरिएको थियो । उक्त सहमतिपछि भुसाल लगायतका नेपाल पक्षका प्रभावशाली मानिएका नेताहरु एमालेमै रहेका थिए ।
तर नेपालले भने पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ । भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’
केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको पनि भूसालको आरोप छ ।
नेता भूसालले अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।
‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ,’ भूसालले लेखेका छन् ।
प्रतिक्रिया