शनिबार, वैशाख ८, २०८१

प्रचण्ड भेटन चिनियाँ नेता लिउ सोल्टी होइन खुमलटार जाने

मेरोन्यूज २०७९ असार २७ गते ८:४२

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालका दुइ ठूला कम्युनिष्ट पार्टीका अध्यक्षलाई उनीहरुकै निवासमा भेटने भएका छन् । यस अगाडी होटलमा भेट गर्ने भनी चर्चा चलेपनि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विदेश विभाग प्रमुख लिउले निवासमै पुगेर भेटने कार्यक्रम बनेको छ ।


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिउँसो ४ बजे खुमलटार नै पुगेर लिउले भेटवार्ता गर्नेछन् । नेपालमा संघरप्रदेशको चुनावको तयारी भईरहँदा उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएका हुन् ।

आइतबार नेपाल भ्रमणमा आएका लिउले आज पनि आफनो भेटघाटलाइ जारी राख्नेछन् ।

यस अगाडी उनले हिजो प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् । खड्काले उनलार्इ रात्री भोज समेत दिएका थिए ।

लिउले अहिले बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यहाँबाट फर्केपछि लिउ नेतृत्वको चिनियाँ टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।

त्यसपछि भने अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता तय भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार लिउले अध्यक्ष प्रचण्डलाइ खुमलटार निवासमै भेटनेछन् ।

लिउ टोलीले नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रपति विधादेवी भण्डारीसम्मलाई पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया