शनिबार, वैशाख ८, २०८१

जापानमा सत्तारूढ गठबन्धनको दुई तिहाई जित

मेरोन्यूज २०७९ असार २७ गते ८:१०

एजेन्सी । जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी र गठबन्धनले दुई तिहाइ बढी सिटमा जित निकालेको छ । आइतबार भएको माथिल्लो सदनको चुनावमा सत्ता गठबन्धनले दुई तिहाई बढी सिटमा जित निकालेको हो ।


न्युयोर्क टाइम्सका अनुसार १२५ सदस्यीय माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले ७० प्रतिशतभन्दा बढी सिट जितेको छ।

चुनावको अन्तिम औपचारिक परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।

लिबरल डेमोक्र्याटिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हानी हत्या गरिएको दुई दिनपछि भएको चुनावमा मतदाताले आबेप्रति सहानुभूति देखाउँदै उनको दललाई मत हालेको देखिन्छ।

चुनावी अभियानका क्रममा शुक्रबार बिहान दक्षिण पश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो। दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको डेमोक्र्याटिक पार्टीमा बलियो प्रभाव थियो।

माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत पाएपछि अब जापानको सरकारले संविधान संशोधन गर्न सक्नेछ। तल्लो सदनमा पनि गठबन्धनको दुई तिहाइ बहुमत छ।

जापानमा दोस्रो विश्वयुद्धपछि अमेरिकाले तयार पारिदिएको शान्तिवादी संविधान छ।

प्रतिक्रिया