बिहीबार, चैत १५, २०८०

नेपाल आएका चिनियाँ नेताले प्रचण्ड भेट्दै, यस्तो छ आजको भ्रमण तालिका

मेरोन्यूज २०७९ असार २७ गते ७:४२

काठमाडौं । नेपालमा संघ/प्रदेशको चुनावको तयारी भईरहँदा उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणमा छन् ।

आइतबार नेपाल भ्रमणमा आएका लिउले आज पनि आफनो भेटघाटलाइ जारी राख्नेछन् । उनले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।


यस अगाडी उनले हिजो प्रधानमन्त्री शेरवहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् । खड्काले उनलाइृ रात्री भोज समेत दिएका थिए ।


आज उनले प्रचण्डसँगै रात्री भोज खानेछन् । प्रचण्डसँगको भेटवार्ता अगाडी चिनियाँ नेता लिउले अहिले बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यहाँबाट फर्केपछि लिउ नेतृत्वको चिनियाँ टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।


त्यसपछि भने अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ।

Advertisement

लिउ टोलीले नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रपति विधादेवी भण्डारीसम्मलाई पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया