शनिबार, वैशाख ८, २०८१

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्दै

मेरोन्यूज २०७९ असार २७ गते ६:४६

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ । आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको खेलमा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्न लागेको हो । खेल दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ ।

नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।

नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । नामिबियालाई पराजित गरेमा नेपालले अंकदूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया