शनिबार, वैशाख ८, २०८१

तुला राशिलाई आज लाभैलाभ, तपाईंको राशिफल कस्तो ?

मेरोन्यूज २०७९ असार २७ गते ६:२४

काठमाडौं / असार २७ गते सोमबार, २०७९ । तद्नुसार जुलाई ११ । असार शुक्ल द्वादशी तिथि, बालब करण, अनुराधा नक्षत्र, शुक्ल योग, चन्द्रमा वृश्चिक राशिमा छ । 

आज बिहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । बिहान ११ः४२ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुृनै पनि शुभ कार्य गर्दा फल मिल्नेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । सोमबार महादेवको शुभ बार हो । सोमबार शिवालयको यात्रा गर्नु निकै राम्रो हुनेछ । आज सरकारी कामकाजका लागि उययुक्त दिन हो । आज सोम प्रदोषव्रतको दिन पनि हो ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन अनुकुल छ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । तर, मनमा निरासा  छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दाब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्नुहोला । आज शुभ दिन मानिन्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । नयाँ कामको लागि शुभ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका व्यक्तिले आजको दिन  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । आज विहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । आजको दिन यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।  
 
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ । बालक र बृद्ध मानिसलाई केही खानेकुरा र उपहार दिनुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज शुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्म यात्राले मनमा उर्जा थप गर्नेछ । सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । पुरुष जातकका लागि स्त्री जातिबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा भलो हुनेछ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्न सक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
कामबाट धनलाभ हुनेछ । तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा फलदायी हुनेछ । 

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन आर्थिक बृद्धि हुने संभावना  छ । मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ, होस गर्नुहोला । आजको दिन मित्र र आफन्तसँगको विवाद हानी हुनसक्छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ त्यसैले ख्याल राख्नु होला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आज निकै शुभ दिन रहेको छ । आज विहानको सूर्योदयको दर्शन गरेर कुनै पनि काम शुरुवात गर्नुभयो भने दिन र साता नै फलदायी हुनेछ । आजको दिन साँझसम्म शिवालयको यात्रा अवस्य गर्नुहोला । 

प्रतिक्रिया