शुक्रबार, वैशाख १४, २०८१

आगामी निर्वाचनमा एकीकृत समाजवादी निर्णायक : अध्यक्ष नेपाल

मेरोन्यूज २०७९ असार २६ गते २१:३३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टीका रूपमा स्थािपत भइसकेकाले निर्णायक शक्तिका रूपमा रहेको बताएका हुन् ।

अध्यक्षले नेपालले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा समाजवादीलाई घात भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई भएको बताए ।

उनले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको भर पर्नुभन्दा एक्लै शक्ति आर्जन गरेर निर्वाचनमा होमिन तयार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले संगठनका बलमा नै निर्वाचन जितिने भएकाले संगठन निर्माणमा सबै तहका कार्यकर्ता जिम्मेवार भएर लाग्नु पर्ने निर्देशन दिए । आगामी संघ र प्रदेशको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया