बिहीबार, चैत १५, २०८०

देशभर ८ जना मृत अवस्थामा फेला

मेरोन्यूज २०७९ असार २६ गते २१:१५

काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका १ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका ४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कमल गाउँपालिका ७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका ७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको कबिलासी नगरपालिका ९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका १० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका ३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका ७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

Advertisement

कैलालीको महोन्याल गाउँपालिका ७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया