बुधबार, मंसिर २०, २०८०

एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

मेरोन्यूज २०७९ असार २६ गते २१:०३

काठमाडौँ । भक्तपुरको सूर्य विनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्य विनायक ८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंकपछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया