शुक्रबार, वैशाख १४, २०८१

पोखरामा फाइनल खेल चलिरहँदा हलमा आगलागी भएपछि…

मेरोन्यूज २०७९ असार २६ गते २०:२४

काठमाडौँ । पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ । कभर्ड हलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भएको थियो ।

प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो । समयमै नियन्त्रणमा लिइएकाले आगलागीबाट ठूलो क्षति हुनबाट जोगिएको छ ।

क्षतिको विवरण आउन बाँकी छ । नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया