शुक्रबार, वैशाख १४, २०८१

सरकारको कार्य शैलीबारे कोइराला पक्षले समीक्षा गर्ने

मेरोन्यूज २०७९ असार २६ गते १८:०२

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नु पर्ने बताएको छ ।

आइतबार काठमाडौँको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्य शैलीको गम्भीर समीक्षा हुनु पर्ने निष्कर्ष निकालेको हो । यस्तै, कोइराला पक्षधरले केन्द्रीय सदस्यले भातृ संस्थाको कार्य समिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयसमेत गरेको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया