शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री देउवालाई भेट्न पुगे चिनियाँ नेता लिउ

मेरोन्यूज २०७९ असार २६ गते १६:०७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपइीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् ।

लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव सहभागी छन् ।

देउवासँगको भेटपछि उनी परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई भेट्न जाने भएका छन् ।

प्रतिक्रिया