शनिबार, वैशाख ८, २०८१

बेकोको अत्याधुनिक फिचर्स सहितको इन्भटर एअर कन्डीसनर बजारमा

मेरोन्यूज २०७९ असार २६ गते १३:२८

काठमाडौं । नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समयदेखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डीसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेका छन्।

यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डीसनरमा टासिएको धुलो र फोहोरहरु आँफै पखाल्छ जसले गर्दा एअर कन्डीसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिदैन, गन्ध घटाऊँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रबाह गर्छ। साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डीसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्त गर्छ। र यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ। यसको रिमोटमा बिशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउछँ । कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १।५ टन र २ टनमा उपलब्ध छ र यसमा १० बर्षको वारेन्टी रहेको छ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया