बुधबार, मंसिर २०, २०८०

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्दै

मेरोन्यूज २०७९ असार २६ गते ११:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । त्यो भन्दा एक दिन अगाडी कोइरालाले आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक डाँकेका हुन् ।
काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।

यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया