शुक्रबार, वैशाख ७, २०८१

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौंमा

मेरोन्यूज २०७९ असार २६ गते ११:०८

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । एयर चाईनाको ।। को जहाजबाट बिहान १० बजे सदस्य टोलीसहित काठमाडौं आईपुगेका हुन् । उनी चारदिनसम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो ।

उनले आजै बेलुका बेलुकी ६.३० बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पुगेर भेट्ने कार्यतालिका छ । भने बेलुका सिंहदरबारमा परराष्ट्र मन्त्री नाराण खड्काले भेट्ने छन् । भने आजै
त्यसैगरी, सोमबार (भोलि ) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न कार्य तालिका छ ।

उनै नेतृत्वको चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भर्चुअल संवाद गरेका थिए ।

प्रतिक्रिया