मंगलबार, वैशाख ४, २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा बुधबार

मेरोन्यूज २०७९ असार २६ गते ९:३५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा बुधबार बस्ने भएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्नेछ । मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि लुम्बिनी जनरलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया