बिहीबार, वैशाख १३, २०८१

श्रीलंका संकटः राष्ट्रपति निवासमा छिरेका प्रदर्शकारी किचनमा खानदेखि पौडीमा रमाए

मेरोन्यूज २०७९ असार २६ गते ९:२०

कोलम्बो । श्रीलंकाका हजारौं प्रदर्शनकारी प्रहरी अवरोध तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेपछि स्वीमिङ पुलमा पौडी खेल्नेदेखि लिएर किचनमा भएका खानेकुरा खाएका विवरण सार्वजनिक भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आक्रोशित प्रदर्शनकारी राष्ट्रपतिको निवासभित्र छिरेपछि नारावाजी गर्दै पिएको देखिन्छन् । त्यस्तै, प्रदर्शकारीहरू किचन भित्र पसेर खानेकुरा खानेकुरा खाएका देखिन्छन् । केही किचनमा ग्यास बालेर खानेकुरा पकाएका थिए ।

राष्ट्रपतिको कम्पाउन्डभित्र छिर्नेवित्तिकै केहीले स्वीमिङ पुलमा पौडी खेलेर रमाएका थिए । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि सुरक्षाकर्मीले राष्ट्रपतिलाई सुटुक्क भगाएर सेनाको मुख्यालयमा लगेको थियो ।

प्रतिक्रिया