शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री भएको तीन महिनामै विक्रेमसिंघे राजीनामा दिन सहमत

मेरोन्यूज २०७९ असार २५ गते २१:०५

काठमाडौँ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिंघेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोडसमेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेका थिए ।

प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए ।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिंघेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेतालाई राजीनामा दिने बताएको उल्लेख गरिएको छ ।

दशौँ हजार प्रदर्शनकारीले प्रदर्शनका लागि लगाइएको प्रतिबन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए ।

उनीहरूले वर्तमान् नेतृत्वले श्रीलंकाको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको संकटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए । उनी प्रधानमन्त्री भएको तीन महिना पनि पूरा भएको छैन ।

प्रतिक्रिया