शुक्रबार, वैशाख १४, २०८१

कास्कीको मादीको क्यादुखोला थुनियो, सतर्कता अपनाउन आग्रह

मेरोन्यूज २०७९ असार २५ गते २०:३५

काठमाडौँ । कास्कीको मादी गाउँपालिका १ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ बजेपछि पहिराले नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कता स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजंग गुरुङले बताए ।

उनका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्ट हाउसका सञ्चालक एकजंग गुरुङले आफ्ना भाइमार्फत हुगुगोठ छेउको क्यादुखोला थुनिएको सूचना गाउँमा भएका थिए ।

क्यादुखोला मादी नदीमा मिसिने खोला हो । मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ । अविरल वर्षाले नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष बर्खायाममा मादी नदी र यसका सहायक नदीमा आएको बाढीले जलविद्युत् आयोजना बगाएको थियोे ।

प्रतिक्रिया