शुक्रबार, चैत १६, २०८०

बूढीगंगा मत गणना ५० प्रतिशत हुँदा एमालेलाई दोब्बर अग्रता

मेरोन्यूज २०७९ असार २५ गते १९:२१

बाजुरा । जिल्लाको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ ।

पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले दुई हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खाती एक हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले दुई हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले एक हजार ६२३ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म चार हजार ७६३ मत गणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ । यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ ।

Advertisement

प्रतिक्रिया