शुक्रबार, वैशाख १४, २०८१

धादिङमा एक जनाको शव फेला, अनुसन्धान जारी

मेरोन्यूज २०७९ असार २५ गते १८:३१

काठमाडौं । धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका १ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नीलकण्ठ नगरपालिका ७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ । उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् ।

घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया