बिहीबार, चैत १५, २०८०

बलात्कारको मुद्दामा फरार शिक्षक पक्राउ

मेरोन्यूज २०७९ असार २५ गते १८:०२

काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका १५ पिठुवाका ५४ वर्षीय भरत ढकाल पक्राउ परेका छन् ।

उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको बलात्कारको मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई प्रहरी पक्राउ गरेको हो ।

तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा गएर ०६९ चैत ३ गते बलात्कार गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

प्रतिक्रिया