बिहीबार, वैशाख १३, २०८१

बस चालकले ओभरटेक गर्न खोज्दा ६ जनाको मृत्यु, १० भन्दा बढी घाइते

मेरोन्यूज २०७९ असार २५ गते १७:५०

काठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक बस र कार ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

प्रान्तको नारोवाल जिल्लाको शकरगढ सडक खण्डमा बस चालकले ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाएर कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी अधिकारी नारोवाल रिजवान ओमेर गोण्डलले सिन्ह्वालाई बताएका छन् ।

मृत्यु हुनेमा सबै कारका यात्रु रहेका छन् भने बसमा सवार १० जना घाइते भएका छन् । घटनालगत्तै उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा पुर्याएको छ ।

प्रतिक्रिया