एकैदिन कोरोना संक्रमितको संख्या सय नाघ्यो
मेरोन्यूज
२०७९ असार २५ गते १७:०१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल दुई हजार ६१५ जनामा गरिएको परीक्षणमा १०२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३१ जना निको भएर घर फर्किएका छन् । हाल देशभर संक्रिया कोरोना संक्रमितको संख्या ६०५ जना पुगेको छ ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन
सम्बन्धित
प्रतिक्रिया