शनिबार, वैशाख ८, २०८१

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध, अन्य पदमा निर्वाचन हुने

मेरोन्यूज २०७९ असार २५ गते १६:५३

काठमाडौँ । नेकपा एमाले बझाङको ८ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।

अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ । एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलबी) र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।

प्रतिक्रिया