मंगलबार, असोज १८, २०७९

माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

मेरोन्यूज २०७९ असार २५ गते ११:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए ।

साथै, चुनावकै लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । ययो समितिमा पार्टीका सबै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया